कैलालीको धनगढीमा पाँच तले घरबाट हाम्फालेका एक पुरुषको मृत्यु

दार्चुला । कैलालीमा एक व्यापारीले पाँच तले घरबाट हाम फालेर आत्महत्या गरेका छन् । धनगढी बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालले आफ्नै घरको ५ तलाबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बुधबार बिहान करिब ११ः२० बजे हाम्फालेर घाइते भएका अग्रवाललाई तत्काल उपचारका लागि नवजीवन अस्पताल लगिएको थियो । उपचारको क्रममा अग्रवालको मृत्यु भएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी कुलदीप चन्दले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?