दार्चुला । डोटीमा एकै दिन बौलाहा कुकुरले १० जनालाई टोकेको छ । आइतबार दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४, ५ र ६ का १० जनालाई बौलाहा कुकुरले टोकेको प्रहरीले जनाएको छ ।
बौलाहा कुकुरलाई स्थानीयबासी, प्रहरी र भेटेरिनरी अस्पतालको संयुक्त प्रयासबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सिताराम विष्टले बताउनुभयो । बौलाहा कुकुरलाई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको जिम्मा लगाइएको छ ।
बौलाहा कुकुरले टोकेका सबै जनाले रेबिजको सुई लगाई घर फर्किएका प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




