दार्चुला । कञ्चनपुरको वाणीबाट एक जना बालक बेपत्ता भएका छन् । धनगढीको त्रिनगर माविमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीय ओमप्रकाश आइतबार दिउँसो ‘एकै छिनमा आउँछु‘ भनेर घरबाट निस्केका र उनी अहिले सम्म घर नफर्केको आफन्तले बताएका छन् । ओमप्रकाशकी आमा सावित्री जोशीले प्रहरी चौकी वाणी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा निवेदन दिएको जानकारी दिनुभयो ।
वाणी प्रहरीले दिउँसोको समयमा ओमप्रकाश साइकल हाइसमा राखेर महेन्द्रनगरतिर गएको सिसी क्यामेरामा देखिएको बताएको छ । उनको मोबाइल ट्रयाक गर्दा आइतबार बेलुकी दोधाराचाँदनी क्षेत्रमा देखिएको थियो ।
ओमप्रकाश धनगढी उपमहानगरपालिका १ मा आफन्तसँग बस्दै आएका थिए। ३ दिनको स्कुल विदा भएकाले ओमप्रकाश शुक्रवार बाँणीस्थित घर गएका थिए।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




