दार्चुला । कञ्चनपुरमा हाइसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको बेदकोट नगरपालिका–१० शिशैया हरपालकी ४० वर्षीया मञ्जु रावल कठायतको श्रीमानले चलाएको हाइसको ठक्करबाट मृत्यु भएको हो ।
४२ वर्षीय दिनेश बहादुर कठायतले आफ्नै घरको आँगनमा बागमती प्रदेश को ०१०२९ च २८०६ नम्बरको हाइस चलाउने क्रममा हाईसको ठक्करबाट मञ्जु घाइते भएकी थिइन् ।
घाइते उनको उपचारको क्रममा मायामेट्रो अस्पताल धनगढीमा मृत्यु भएको हो। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताउनुभयो।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




