बझाङमा बाघले ११ बाख्रा मार्‍यो

दार्चुला । बझाङमा बाघले ११ बाख्रा मारेको छ। जिल्लाको थलारा गाउँपालिका वडा नम्बर २ कफलकाडाका वडाध्यक्ष रवेन्द्र खातीका बाख्रा बाघले मारेको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी, धनगढीले वडाध्यक्ष खातीका ११ वटा बाख्रा कालापानी बिनौना जङ्गलमा चराउन लगेका बेला बाघले मारेको बताएको छ। शनिवार १८ वटा बाख्रालाई बाघले आक्रमण गरेको थियो। एक बोका, ६ बाख्रा, ३ खसी र २ पाठासहित ११ वटा बाघले मारेका छन् भने एउटा घाईते र ६ वटा बाख्रा सकुसल रहेका छन् ।

बाघले ११ बाख्रा मारेपछि उहाँको झन्डै २ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?