बैतडीमा लडेर घाइते भएकी महिलाको मृत्यु

दार्चुला । बैतडीमा लडेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ। जिल्लाको शिवनाथ गाउँपालिका वडा नम्बर २ शर्मालीकी ३८ बर्षीया तोलादेवी महताको शनिबार राति १२ बजेतिर उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले बताउनुभयो ।

शुक्रबार घरबाट धनकोट भन्ने स्थानमा जाँदै गरेकी महता लडेर घाइते भएकी थिइन्। घाइते उनको टाउकोमा चोट लागेको थियो। स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि उनलाई डडेल्धुरा अस्पताल हुँदै निसर्ग अस्पताल धनगढी पुगाइएको थियो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?