दार्चुला । बाजुराकी एक सुत्केरी महिलाको मृत्यु भएको छ । जगन्नाथ गाउँपालिका वडा नम्बर २ कि २८ बर्षिय सुकिली सार्कीको सुर्खेतमा मृत्यु भएको वडा अध्यक्ष गौरी सार्कीले बताउनुभयो ।

शनिवार नेपाली सेनाको हेलिकप्टर मार्फत कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल उद्धार गरिएको थियो । शनिवार सुकिली सार्कीको पेटबाट अप्रेसन गरेर मरेको बच्चा निकालिएको थियो । उपचारको क्रममा आइतवार बिहान ५ बजेतिर उनको मृत्यु भएको थियो ।

उनलाई सुत्केरी ब्यथा लाग्ने बितिकै कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा लगेका थिए । त्यहाँ उपचार सम्भब नहुने भन्दै रिफर गरिएको थियो । सुकिलीलाइ राष्ट्रपति उत्थान कार्यक्रम मार्फत सेनाको हेलिकप्टर मार्फत सुर्खेत लगिएको थियो ।

उनका यो भन्दा पहिला २ जना बच्चा रहेका छन् । आमाको मृत्यु भएपछि दुइ वटा बच्चा बिच्चलीमा परेका छन् । बाजुरामा सुकिली जस्तै धेरै गर्भवती तथा सुत्केरी आमाले अकालै ज्यान गुमाउने गरेका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?