दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर २ मा अवस्थित गणेश मावि गणागाउँको ६३ औं बार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न भएको छ । गणेश मावि गाणागाउँका विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश दत्त भट्टको अध्यक्षता रहेको कार्यक्रममा लेकम गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष शिब राज जोशीको प्रमुख आतिथ्यता रहेको थियो । सोहि कार्यक्रममा हुनैनाथ मावि कुणीका प्रद्यानाध्यापक अम्बा दत्त जोशी, देवी आवि खम्तडतका प्रद्यानाध्यापक पदम भट्ट, आधारभुत विद्यालय कैलेतीका प्रद्यानाध्यापक भबेन्द्र धामी, विभिन्न विद्यालयका शिक्षक, सुरक्षकर्मी, पत्रकार, स्थानीय लगायत सरोकारवालाको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
उक्त समारोहमा वडा नम्बर २ का वडा अध्यक्ष एब कार्यक्रमका प्रमुख अतिथि शिबराज जोशीले व्यानर बाचन तथा मावि कुणीका प्रद्यानाध्यापक तथा कार्यक्रमका विशिष्ट अतिथि अम्बादत्त जोशीले झण्डोतोलन गरेर कार्यक्रमको उद्धघाटन गर्नुभएको थियो । विभिन्न सास्कृतिक कार्यक्रमहरु सगै मार्चपास, प्रभातफेरी गर्दै कार्यक्रम सम्पन्न भएको बताइएको छ । उक्त कार्यक्रममा विद्यालयका प्रद्यानाध्यापक चन्द्र देब भटले विद्यालयको कुल आम्दानी ५८ लाख ७५ हजार ७३० रुपैया ५८ पैसा र व्यतर्फ ५७ लाख ५२ हजार ५१ रुपैया ४९ पैसा रहेको प्रद्यानाध्यापक भट्टले बताउनुभयो ।
विद्यालयको खातामा १ लाख २३ हजार ६ सय ८७ रुपैया मैजाद रहेको समेत उहाँले बताउनुभयो । विभिन्न प्रतियोगितामा सहभागीहरुलाइ आजै पुरस्कार वितरण समेत गरिएको विद्यालयले जनाएको छ । कार्यक्रमका भिडियोहरु लोकदर्पण टिभी फेसबुक पेजमा गएर पनि हेर्न सक्नुहुनेछ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया