दार्चुला । बैतडीको मेलौलीमा सम्पन्न १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी मेलौलीले उचालेको छ । मेलौलीको भगवती मन्दिर प्राङ्गणमा माघ २६ गतेदेखी सुरु भएको रनिङ शिल्डको उपाधी मेलौलीले जित्न सफल भएको हो । गत वर्षको समेत विजेता रहेको मेलौली नगरपालिकाले १४ श्वर्ण, ६ रजत र ४ कास्य प्राप्त गरेको आयोजकले जनाएको छ ।
द्धितीय स्थान हासिल गरेको पुर्चौडीले ६ श्वर्ण, ३ रजत र ६ कास्य प्राप्त गरेको छ । तृतीय स्थान हासिल गरेको दोगडाकेदार गाउपालिकाले ६ श्वर्ण, ३ रजत र ५ कास्य प्राप्त गरेको छ ।
यस्तै पाटन नगरपालिकाले ५ श्वर्ण, ९ रजत र १ कास्य प्राप्त गरेको छ । सिगास गाउँपालिकाले ५ श्वर्ण, १ रजत १ कास्य प्राप्त गरेको छ । शिवनाथ गाउँपालिकाले २ श्वर्ण, २ रजत र २ कास्य प्राप्त गरेको छ ।
दशरथचन्द नगरपालिकाले २ श्वर्ण, १३ रजत र १२ कास्य प्राप्त गरेको छ । डिलासैनी गाउँपालिकाले १ श्वर्ण, ५ रजत र ८ कास्य प्राप्त गरेको छ ।
सुर्नया गाउँपालिकाले १ श्वर्ण र ४ कास्य प्राप्त गरेको छ भने पञ्चेश्वर गाउँपालिका पदक बिहिन बनेको छ । आयोजकले पुरस्कार वितरणसंगै खेल सञ्चालनमा सहयोग गर्नेहरुलाई सम्मानित समेत गरेको छ ।
विगत १० बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




