
दार्चुला। कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुलनजिकै बस दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ भने ४० जना घाइते भएका छन् ।
कञ्चनपुरको महेन्द्रनगरबाट काठमाण्डौका लागि छुटेको सुनौलो महाकाली यातायातको सुदूरपश्चिम प्रदेश–०२–००१ ख ००९८ नम्बरको बस सडकबाट तल खसेको हो ।
मृतकहरूको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो ।
घाइतेमध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर गरिएको छ । अन्य घाइतेको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते ११ जना भने सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका प्रहरीले बताएको छ ।ujailo

पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।