बैतडीमा आफैले काट्दै गरेको रुखले च्यापिएर एक जनाको मृत्यु

दार्चुला । बैतडीमा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका वडा नम्बर ५ अडतोला बस्ने तर्क पाण्डेयका १९ बार्षिय छोरा प्रकाश पाण्डेयको मृत्यु भएको हो । सिद्देश्वर मावि पाटन -१ मेल्चोरामा कक्षा १० मा अध्ययरत पाण्डेयलाई आफैले काट्दै गरेको रुखले च्यापिएको उहाँका आफन्तले बताउनुभएको छ ।

आज बिहान रुखले च्यापिएर उनको टाउकोमा चोट लागेको थियो । घाईते उनलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रले मृत्य घोषणा गरेको इन्चार्ज प्रेमसागर भट्टले बताउनुभयो ।

मृतकको शव पाटन पाटन प्राथमिक स्वास्थ्य केन्द्रकै राखिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?