
दार्चुला । प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको लागि बैतडीबाट खेलाडी छनौट भएका छन् । मेलौलीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डमा उत्कृष्ट प्रदर्शन गरेका ७१ जना खेलाडीहरुलाई छनौट गरिएको जिल्ला खेलकुद विकास समितिको कार्यालयका सचिव तर्कराज जोशीले जानकारी दिनुभयो।
प्रदेशस्तरीय राष्टपति रनिङ शिल्डका लागि खेलाडी छनौट गरिएको र प्रदेशबाट पत्र आएपछि बन्द प्रशिक्षणमा खेलाडीहरुलाई बोलाइने बताइएको छ ।
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको मिति भने तोकिएको छैन ।

पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।