दार्चुला । बैतडीमा मलामी बोकको जिप दुर्घटना भएको छ। उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। डिलाशैनी गाउँपालिका १ स्थित घारडा भन्ने ठाउँमा जिप पल्टिँदा डिलाशैनी गाउँपालिका १ धावलाका ५० वर्षीय गोपाल बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिनुभयो ।

सुदुपश्चिम प्रदेश ०१०००१ च ३१४६ नम्बरको जिपमा १३ जना सवार रहेको थिए। जिपमा सवार अन्य सकुशल रहेका छन्। धनपती धामीको गण्नीगाड खोलामा दाहसंस्कार गरेर फर्कने क्रममा बिहीवार आज दिउँसो पौने २ बजेतिर जिप दुर्घटना भएको हो।

उहाँका अनुसार दुर्घटनामा परेर घाइते हुनेमा डिलाशैनी १ का रतन धामी, मन्धिर धामी र सुरेन्द्र बोहराको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ। दुई जना अमर धामी र लोकेन्द्र धामी सामान्य उपचार पश्चात डिस्चार्ज भइसकेका छन्।

जिप चालक डिलाशैनी ६ बागगोठका धनबहादुर कठायत फरार रहेको बताइएको छ। घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता जोशीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

दार्चुलाको ऐरिछानामा भेटियो नयाँ ज्वोर्तिलिंग (भिडियोसहित)

२०८१ जेष्ठ २, बुधबार १२:५७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?