दार्चुला । कञ्चनपुरमा एक वडा कार्यालयभित्र एक युवती मृत फेला परेकी छन् । भीमदत्त नगरपालिका–१८ को वडा कार्यालयको सभाहलभित्र एक युवती झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार आइतबार  दार्चुला घर भइ त्यहाँस्थित एक नगर प्रहरीसँग विवाह गरी बस्दै आएकी २० वर्षीया प्रमिला धामी मृत फेला परेकी हुन् । बिहान ४ बजेको समयमा योगा गर्न जाने मानिसहरुले युवती झुण्डिएको देखेर प्रहरीलाई खबर गरेका थिए ।

अहिले घटनास्थलमा प्रहरी टोली परिचालनसँगै घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

दार्चुलामा ट्याक्टरबाट खसेर ४० बर्षीय पुरुषको मृत्यु

२०८० चैत्र २२, बिहीबार १०:४९

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?