दार्चुला । बझाङमा हत्या आरोपमा दुई जना पक्राउ परेका छन्। जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ सुबेडास्थित किमतोलीका ४० वर्षीय रामप्रशाद जोशीको हत्या गरेको अभियोगमा ४८ वर्षीय जयबहादुर हमाल र उनका २९ वर्षका छोरा जनक हमाललाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
हिजो आइतबार मादक पदार्थ सेवन गरेर कुटपिट गर्दा घाइते भएका जोशीको आज मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया