कैलाली एमालेका नवनिर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ

दार्चुला । नेकपा एमाले कैलालीको नवौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

सोमबार धनगढीस्थित एमाले पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष यज्ञराज ढुङ्गानासहितका पदाधिकारी र सदस्यहरूलाई केन्द्रीय निर्वाचन आयोगका सदस्य हीराचन्द्र केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

एमालेको केन्द्रीय निर्वाचन आयोगका सदस्य हिराचन्द्र केसीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । शपथ ग्रहण लगत्तै नवनिर्वाचित अध्यक्ष ढुङ्गानाले पदभार समेत ग्रहण गरे। पदभार ग्रहण गर्दै ढुङ्गानाले एमालेभित्र नेतृत्व पङ्क्तिमा बस्ने नेताहरूले गुटबन्दी मौलाएको बताउँदै त्यसलाई अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।

अधिवेशनमा जुनसुकै समूहबाट निर्वाचित भएर आएपनि सबैलाई मिलाएर अघि लैजाने पक्षमा रहेको उनको भनाई थियो ।

घोडाघोडी नगरपालिकाको सुखडमा ६ फागुनमा सुरु भएको नवौँ जिल्ला अधिवेशनबाट प्रतिद्धन्द्धी डेजी पाण्डेलाई ६९ मतले पराजीत गर्दै ढुंगाना अध्यक्षमा विजयी भएका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?