
दार्चुला । कञ्चनपुरमा एक युवकको शव फेला परेको छ । जिल्लाको भीमदत्त नगरपालिका–४ गोबरिया नजिकै महाकाली सिंचाइ आयोजनाको मूल नहरमा स्थानीय ३७ वर्षीय चन्द्रबहादुर विष्ट मृत फेला परेका हुन् ।
तीनदिन अघिदेखि हराएका विष्टको हत्या गरेर नहरमा फालेको अवस्थामा शव फेला परेको जनाईएको छ ।
आइतबार घरदेखि हराएका विष्टको मंगलबार हत्या गरेको अवस्थामा सिँचाईको नहरमा शव फेला परेको परिवारजले जनाएका छन ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

विगत १० बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।