दार्चुला । बैतडीमा सडक खन्ने क्रममा स्काभेटर माथिबाट पहिरो खस्दा चालक घाइते भएका छन् । जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर ८ साँफेबगर भन्ने स्थानमा सतबाँझ –श्रीभावर सडक अन्तर्गत डबल कटिङको काम गरिरहँदा सडकमाथिबाट खसेको पहिरोले बा ३ क १४८ नम्बरको स्काभेटर माथिबाट पुरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

मंगलबार दिउँसो स्काभेटर चालक डडेल्धुराको भागेश्वर गाउँपालिका ३ का २६ बर्षीय आनन्द गिरी घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिनुभयो ।

जागृति मुनाल कन्सट्रक्सनको स्काभेटर पहिरोले पुरिँदा घाइते भएका चालक गिरीलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

रेडियो लोकदर्पणको छैटौँ वार्षिकोत्सव सम्पन्न, लोकेन्द्रकै नेतृत्वमा सञ्चालक समिति चयन

२०८१ फाल्गुन १, बिहीबार १७:४०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?