दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर २ मा अवस्थित गणेश मावि गाणागाउँका प्रधानाद्यापक चन्द्रदेब भट्टको विदाइ गरिएको छ । ४० वर्ष शिक्षण सेवा गर्नुभएका भट्टले अनिवार्य अवकास प्राप्त गरेपछि विद्यालयले विहिबार (आज) एक औपचारिक कार्यक्रमका बिच विदाइ गरेको हो ।

२०४१ साल असोज २८ गतेबाट सोहि विद्यालयमा कार्यरत शिक्षक भट्टलाइ फागुन १३ गतेबाट अनिवार्य अवकास प्राप्त भएकाले विदाइ गरिएको विद्यालयका प्रद्यानाध्यापक गणेश दत्त जोशीले बताउनुभयो । २०८० जेठ महिनाबाट उक्त विद्यालयको प्रधानाद्यापकको जिम्मेवारीमा बसेका शिक्षक भट्टले विद्यालयमा रहदा असल कार्यबोध गरेको भन्दै विद्यालय परिवारले उहाको प्रशंसा गरेको छ ।

शिक्षक, विद्यार्थी र अभिभावको उपस्थितिमा आयोजित विदाइ समारोहमा सरिक सबैले सेवानिवृत शिक्षक भट्टको बाँकी जीवन सुखमय वितोस भन्ने शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

दार्चुलामा ट्याक्टरबाट खसेर ४० बर्षीय पुरुषको मृत्यु

२०८० चैत्र २२, बिहीबार १०:४९

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?