दार्चुला । दार्चुलामा शनिवार (भोली) करिव ६ घन्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ । चमेलिया शवस्टेशनबाट–थालिगाड सवस्टेशनमा आपुर्ति हुने विद्युत सेवा शैल्यशिखर नगरपालिका वडा नम्बर ५ बगौरा देखि महाकाली नगरपालिका वडा नम्बर ६ निसिल सम्म ३३ केभी लाइनमा बुस कटिङ कार्य गरिने भएकाले महाकाली नगरपालिका, व्याँस, दुहुँ, नौगाड र मार्मा गाउँपालिकामा विहान ९ बजेबाट दिउँसो २ः३० बजेसम्म विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रले जनाएको छ ।

यस्तै बैतडीमा भोलि विहान देखि बेलुका सम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले एक सूचना जारी गरेर शनिवार विहान ७ बजे देखि बेलुका ६ बजे सम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको हो ।

बैतडीका केहि क्षेत्रहरुमा ११ केभि प्रशारण लाइनको मर्मत तथा रुखमा लागेका हाङ्गविङ्गाहरु काट्नु पर्ने भएकाले विद्युत सेवा अवरुद्ध हुने जनाइएको छ । काम समयमै सम्पन्न भए तोकिएको समय भन्दा अगाडीलनै सेवा सुचारु हुने बैतडी वितरण केन्द्रले जनाएको छ । केन्द्रले विद्युत अवरुद्ध भइ ग्राहकर्वगमा पर्न जाने असुविधा प्रति क्षमाप्रार्थी रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

दार्चुलाको ऐरिछानामा भेटियो नयाँ ज्वोर्तिलिंग (भिडियोसहित)

२०८१ जेष्ठ २, बुधबार १२:५७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?