दार्चुला । बाजुराको मार्तडीमा ट्याक्टर दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको गौमुल गाउँपालिका वडा नम्बर ६ टाँडाकोट घर भएर हाल मार्तडीमा बसोबास गर्दै आएका ट्याक्टर चालक अन्दाजी ५० वर्षीय गोरख रोकाया रहेका छन् ।
घाइते भएका रोकायालाई उपचारका लागि जिल्ला अस्पताल बाजुरामा ल्याईएको प्रहरी नायव उपरीक्षक कवीन्द्रसिंह बोहरा बताउनुभयो। ।
कोल्टीबाट मार्तडी आउदै गरेका सुपप्र ०१ ००२ त ५०५५ नम्बरको ट्याक्टर अनियन्त्रित भई खडुका भीरबाट खसेर करिव एक सय मिटर तल खसेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया