दार्चुला । बैतडीको मेलौलीमा ट्रकसहित १९ लाख बढीको अबैध सामान बरामद गरिएको छ। बुधबार बिहान ३ बजेको समयमा जिल्लाको मेलौली नगरपालिका–३ लामालेकबाट से १ ख २०१४ नम्बरको ट्रकसहित अबैध सामान प्रहरीले बरामद गरेको हो।

चार लाख ८ हजार ४ सय ४० रुपैयाँको अवैध सामान र १५ लाख ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

बुधबार बिहान ३ बजेको समयमा ट्रकसहित भन्सार छलीको सामान र चालक पाटन नगरपालिका–८ का ४५ वर्षीय गणेश मडैलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक नन्दराज जोशीले बताउनुभयो।

बरामद सामान र ट्रकलाई कैलाली भन्सार कार्यालय धनगढी पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

दार्चुलाको ऐरिछानामा भेटियो नयाँ ज्वोर्तिलिंग (भिडियोसहित)

२०८१ जेष्ठ २, बुधबार १२:५७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?