
दार्चुला । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी आज गृह जिल्ला बैतडी आउने भएका छन् । २८ गते भोलि उद्घाटन हुने नेकपा एमाले बैतडीको जिल्ला अधिवेशनका लागि मन्त्री भण्डारी बैतडी आउन लाग्नुभएको एमाले बैतडीले जनाएको छ ।
यो कार्यकालमा दोस्रो पटक मन्त्री बनेपछि मन्त्री भण्डारी पहिलो पटक बैतडी आउन लागेका हुन् ।

विगत १० बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।