एमाले बैतडीको जिल्ला अधिवेशन आज

दार्चुला । नेकपा एमाले बैतडीको जिल्ला अधिवेशन आज हुँदैछ । आगामी जिल्ला नेतृत्व चयनका लागि हुन गइरहेको अधिवेशनका लागि ६ सय ३१ प्रतिनिधि छनौट भएका छन् भने पार्टीका नेता कार्यकर्ता र सुभेच्छुकहरु सहभागी हुने नेकपा एमाले बैतडीले जनाएको छ ।

पाटनमा हुने नवौं अधिवेशनकै लागि नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र एमालेका केन्द्रिय सदस्य एवं नेपाल सरकारका उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी हिजो नै बैतडी पुगिसकेका छन् ।

आगामी नेतृत्वका चयनका लागि हुन गइरहेको अधिवेशनमा ५जनाले आकांक्ष देखाएका छन् । नरेश विक, लोकेन्द्र भण्डारी, नरेन्द्र बिष्ट, गोविन्द गिरी र हजारी साउँदले आकांक्षा देखाएका छन् ।

अध्यक्षमा आकांक्षा धेरैले देखाएपनि सहमतीबाटै नेतृत्वको टुंगो लगाउने पक्षमा शीर्ष नेतृत्व देखिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?