एमाले बैतडीको अध्यक्षमा नरेश कुमार विक चयन, आजै शपथ ग्रहण

दार्चुला । नेकपा एमाले बैतडीको अध्यक्षमा नरेश कुमार विक चयन भएका छन्।

विक नवौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्। सोमबारदेखि सुरु भएको अधिवेशनले विकसहितका सबै पदाधिकारीलाई सर्वसम्मत चयन गरेको हो।

पार्टीको उपाध्यक्षमा लोकेन्द्र भण्डारी, सचिवमा हजारी साउद, उप-सचिवमा हर्क धानुक र पार्वती भट्ट सर्वसम्मत चयन भएका छन् । पाँच पदाधिकारीसहित ९० जनाको जिल्ला कमिटीले आजै शपथ ग्रहण गरेको छ ।

पदाधिकारीको टिम सर्वसम्मत चयन भए पनि सदस्यमा बढी आकाङ्क्षी घोषणा गर्ने केही समय लागेको एमाले बैतडीले जनाएको छ ।

यस्तै विकले पार्टीलाई आफ्नो कार्यकालमा बलियो बनाएर लग्ने बताएका छन् ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?