बैतडीमा एक जना कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

दार्चुला । बैतडीमा कर्तव्य ज्यान मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको सिगास गाउँपालिका वडा नम्बर २ बस्ने ३८ वर्षीय राजेन्द्रसिंह धामी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत बैतडीको फैसलाले धामीलाई कर्तव्य ज्यान मुद्दामा ८ वर्ष ११ महिना ११ दिन कैद सजाय तोकेको थियो । फरार रहेका धामीलाई प्रहरी चौकी गाँजरी बैतडीबाट खटिएको प्रहरी टोलीले मंगलवार साँझ गाजँरी बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?