
दार्चुला । बैतडीमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका वडा नम्बरर ४ गढतोला शैनीकी ४६ वर्षिया हरुलीदेवी बोहराको स्याउला काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको हो ।
बिहीवार घनजिकैको खरबारीमा बाख्राका लागि स्याउला काट्ने क्रममा बोहरा रुखबाट लडेर गम्भीर घाइते भएकी थिइन् ।
घाइते बोहरालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । बोहराको घरमा श्रीमान र तीन छोरा रहेका बताइएको छ।

विगत १० बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।