दार्चुला । बैतडीका एक युवकको भारतमा मृत्यु भएको छ । खाना पकाउने ग्यास लिक भएर आगलगाी हुँदा जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर ६ भूमिराज कफलढुङ्गाका २० वर्षिय मदन अवस्थीको भारतको बेंगलोरम मृत्य भएको हो ।

केहि दिन पहिले कोठामा खाना पकाउने बेला ग्यास लिक भएर आगलागी हुँदा उनी जलेर गम्भीर भएका थिए । आगलागीबाट जलेर गम्भीर भएका अवस्थीको शुक्रबार उपचारको क्रममा अस्पतालमा मृत्यु भएको पुर्चौडी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नरेन्द्र साउदले बताउनुभयो । उनको घरमा वृद्ध हजुरबुबा र आमा रहेका बताइएको छ ।

अवस्थी रोजगारीको सिलसिलामा एक वर्ष पहिले भारतको बेंगलोर गएका बताइन्छ । अवस्थीको कलिलै उमेरमा मृत्यु भएपछि घरपरिवार र आफन्त शोकमग्न भएको वडा अध्यक्ष साउदले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

एसईई नतिजाः दार्चुलाका विद्यालयमा लटिनाथ मावि खार प्रथम, पालिकामा महाकालीको धेरै (विस्तृत)

२०८२ असार १५, आईतवार १७:५९ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?