पुर्चौडीका मदन अवस्थीको खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा भारतमा मृत्यु

दार्चुला । बैतडीका एक युवकको भारतमा मृत्यु भएको छ । खाना पकाउने ग्यास लिक भएर आगलगाी हुँदा जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर ६ भूमिराज कफलढुङ्गाका २० वर्षिय मदन अवस्थीको भारतको बेंगलोरम मृत्य भएको हो ।

केहि दिन पहिले कोठामा खाना पकाउने बेला ग्यास लिक भएर आगलागी हुँदा उनी जलेर गम्भीर भएका थिए । आगलागीबाट जलेर गम्भीर भएका अवस्थीको शुक्रबार उपचारको क्रममा अस्पतालमा मृत्यु भएको पुर्चौडी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नरेन्द्र साउदले बताउनुभयो । उनको घरमा वृद्ध हजुरबुबा र आमा रहेका बताइएको छ ।

अवस्थी रोजगारीको सिलसिलामा एक वर्ष पहिले भारतको बेंगलोर गएका बताइन्छ । अवस्थीको कलिलै उमेरमा मृत्यु भएपछि घरपरिवार र आफन्त शोकमग्न भएको वडा अध्यक्ष साउदले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?