दार्चुला । अन्तर नगर महिला कबड्डी प्रतियोगिताको उपाधी बैतडीको मेलौली नगरपालिकाले हात पारेको छ। भक्तपुरमा जारी अन्तर नगर महिला कबड्डी प्रतियोगितामा बुटबलं उप९महानगरपालिकालाई हराएर बैतडीको मेलौली नगरपालिका प्रथम भएको हो ।
सनिबार सम्पन्न भएको फाइनल खेलमा बुटबलं उपमहानगरपालिकालाई हराउदै मेलौली नगरपालिकाका विजयी भएको मेलौली नगर खेलकुद संयोजक सागर भण्डारीले जानकारी दिनुभयो। अखिल नेपाल कबड्डी सङ्घबाट मान्यता प्राप्त कबड्डी प्रतियोगितामा मेलौलीले १ लाख ५० हजार पुरस्कार समेत हात पारेको छ।
भक्तपुर नगरपालिकाको आयोजनामा नेपालमै पहिलो पटक आयोजना गरिएको अन्तर नगर महिला कबड्डी प्रतियोगितामा दार्चुलाको महाकाली नगरपालिका, बैतडीको मेलौली नगरपालिका, कञ्चनपुरको भिमदत्त नगरपालिका, बुटवल उपमहानगरपालिका, बाराको कलैया उपमहानगरपालिका ओखलढुंगाको सिद्धिचरण नगरपालिका, विराटनगर महानगरपालिका, काठमाडौं महानगरपालिका, ललितपुरको गोदावरी नगरपालिका, कीर्तिपुर नगरपालिका, मध्यपुर थिमि नगरपालिका, बनेपाको पनौति नगरपालिका, सोलुखुम्बु नगरपालिका, भक्तपुर नगरपालिका, ललितपुर महानगरपालिका र पोखरा महानगरपालिका गरी १७ वटा पालिकाको सहभागिता रहेको थियो ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।