कैलालीमा बिरगञ्जबाट लाइटर र खुर्सानी बोकेको ट्रकमा आगलागी

दार्चुला । कैलालीमा लाइटर, खुर्सानी, बच्चाले लगाउने प्याड र औषधि बोकेको ट्रकमा आगलागी भएको छ।

शनिबार दिउँसो साढे ३ बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मुडामा बिरगञ्जबाट लाइटर,खुर्सानी र बच्चाको डाइपर बोकेर धनगढीतर्फ आइरहेको प्रदेश ३ ०३००१ ख ००१२ नम्बरको ट्रकमा आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले ट्रकको आगलागी नियन्त्रणमा आएको बताउनुभयो । प्रहरी निरीक्षक लिलाराम आचार्यको नेतृत्वमा खटिएको प्रहरी टोली, घोडाघोडी नगरपालिका र लम्कीचुहा नगरपालिकाबाट गएको दमकलले आगो नियन्त्रणमा लिएको उहाले बताउनुभयो ।

प्रहरीका अनुसार ट्रकको अगाडीको भाग जलेको छ। झण्डै १० प्रतिशत सामान जलेर नष्ट भएको छ। आगलागीको ठोस कारण अझै पत्ता लागेको छैन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?