दार्चुला । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दार्चुलाको १४ औँ जिल्ला अधिवेसन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

गोकुलेश्वरमा आज सम्पन्न नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुको १४ औँ जिल्ला अधिवेसनबाट नरेन्द्र प्रसाद जोशीको अध्यक्षतामा कमिटी चयन गरिएको छ । कमिटीको उपाध्यक्षमा कृष्ण धामी, सुनिल डागा, भरत ठगुन्ना, सचीवमा पदम राज जोशी, सह-सचीवमा ओमकार पाल, रबिता टमटा, चादनी बडाल र कोषाध्यक्षमा खडक ठगुन्ना चयन भएका छन् ।

अधिवेसन उद्घाटनका लागि अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडाल लगायत विद्यार्थी नेता र एमाले प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी पदाधिकारी लगायत नेताहरू गोकुलेश्वर पुगेका थिए । सहमतिमै नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

दार्चुलाको ऐरिछानामा भेटियो नयाँ ज्वोर्तिलिंग (भिडियोसहित)

२०८१ जेष्ठ २, बुधबार १२:५७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?