दार्चुला । नेपाल–भारत सीमा समन्वय बैठक भारतको पिथौरागढमा मंगलबार सम्पन्न भएको छ । बैठकमा दुवै देशका सीमा क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणका बिषयमा छलफल भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनुभयो ।
बैठकमा भारतमा हुने लोकसभा चुनावलाई मध्यनजर गरेर सीमा क्षेत्रमा अपनाउनुपर्ने सतर्कता,मानव तथा वन्यजन्तु तस्करीमा रोक, लागुऔषध ओसारपसारमा रोक लगायतका बिषयमा बैठकमा छलफल भएको बताइएको छ ।
भारतमा अप्रिलमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गरेर चुनाव हुनुभन्दा ७२ घण्टा अगाडी सीमा नाका बन्द गर्ने दुवै देशका अधिकारीहरुबीच सहमति भएको जनाएको छ ।
बैतडीसंग सीमा जोडिएको झुलाघाट पुल बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म खुल्ला राख्ने सहमति समेत भएको प्रजिअ शर्माले बताउनुभयो । यसअघि यो पुल बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मात्रै खुल्ने गरेको थियो।
बैठकमा भारतीय पेन्सनधारी नेपालीहरूलाई सहजता गर्ने, सीमा क्षेत्र भएर बग्ने महकाली नदीको सरसफाइ, द्विपक्षीय सीमा क्षेत्रका विविध बिषयमा छलफल समेत बैठकमा छलफल भएको छ ।
बैठकमा नेपालका तर्फबाट दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी,बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा र दुवै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । यस्तै भारतकातर्फबाट पिथौरागढका जिल्ला अधिकारी रीना जोशी, चम्पावतका जिल्ला अधिकारी नवनीत पाण्डे लगायत सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।