दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिका  वडा नम्बर ७ धामीगाउँका ६२ वर्षिय कृष्ण धामीले कोदालोले हिर्काएर आफ्नै ५६ वर्षीया श्रीमती पार्वती धामीको  हत्या  गरेका छन् । घरमा डेरा गरेर  बसेका गाउँपालिकाका कर्मचारी सुबास कलौनी  र कार्यालय  सहयोगी  देव राज भट्टलाई पनि  कोदालोले हिर्काएकाे बताइएको छ । कोदालोले हिर्काउँदा दुवै  कर्मचारी गम्भीर घाइते  भएकाे  प्रहरीले जनाएको छ ।

बिहीबार बिहान ९ बजे कृष्ण धामीले कोदालो प्रहार गर्दा  गम्भीर घाइते भएका तिनै जनालाई उपचारका लागी  स्थानीय स्वास्थ्य चौकीमा लैजाँदै गर्दा श्रीमतीको बाटोमै  मृत्युु भएको हो । गम्भीर घाइते भट्ट र कलौनीलाई थप उपचारका लागी जिल्ला बाहिरका अस्पताल लैजान सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाइएको छ ।

कोदालो प्रहार गर्ने धामीलाई  प्रहरीले नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय  बैतडीका प्रहरी प्रमुख एबं प्रहरी नायव उपरीक्षक दीपक गिरीले बताउनुभयो । घटनाबारे  थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?