
दार्चुला । बाजुराबाट एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको जगन्नाथ गाउँपालिका वडा नम्बर ६ कि २८ बर्षिया दुर्गा बुढाको उद्धार गरिएको हो ।
उनको जिल्ला अस्पताल बाजुरामा आज अप्रेशन गरेर बच्चा जन्माएको भएपनि थप जोखिम भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत पठाइएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उनको हेलिकप्टरमार्फत उद्धार गरिएको जनाएको छ ।

विगत १० बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।