दार्चुला । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ६ नौरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। शुक्रवार राति साढे ९ बजेको समयमा घरमा चट्याङ पर्दा ५२ वर्षीय गजेन्द्र बहादुर सिंहको मृत्यु भएको हो भने सोही परिवारका ७ जना घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार घाइते हुनेमा मृतक सिंहकी १८ वर्षीया छोरी शान्ति सिंह, ३० वर्षीय धिरेन्द्रबहादुर सिंह, उनकी श्रीमती २५ वर्षीया निशा सिंह, छोरी १८ महिनाको कृतिका सिंह रहेका छन्।
यस्तै धनबहादुर सिंहकी श्रीमती ४० वर्षीया पञ्चादेवी सिंह, उनको ९ वर्षीय छोरा नितेश सिंह र छोरी १३ वर्षीया लक्ष्मी सिंह रहेका छन्। घाइते सबैको हात खुट्टाहरुमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरु मध्ये लक्ष्मी सिंहको अहिले जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया