दार्चुला । डोटीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको शिखर नगरपालिका९९ मा माटोको ढिस्कोले च्यापियर निर्मला रोस्याराको मृत्यु भएको हो ।

उनको घटना स्थलमै मृत्यू भएको जनाइएको छ । यस्तै च्यापिएका ३ जनाको सकुशल उद्दार गरिएको छ ।

घटना शनिबार दिउँसो करिब साढे तीन बजेतिर भएको र मृतकको शव अहिले निकाल्ने काम भैरहेको शिखर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष जगन्नाथ भट्टले जानकारी दिनुभयो ।

सो वडाको सुण्ण भन्ने गाउँको जङ्गलमा घर पोत्ने माटो लिन गएको बेला घटना भएको बुझिएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?