कर्णाली नदीमा पौडी खेल्न हाम फालेका १७ जना मध्ये एक बेपत्ता

दार्चुला । कर्णाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन्। सोमबार दिउँसो होली पर्वको अवसरमा चिसापानीस्थित कर्णाली नदीमाथि रमाइलो गर्दै पौडी खेल्न हाम फालेका १७ जनामध्ये एक जना बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा लम्किचुहा नगरपालिका वडा नम्बर ३ चिसापानी बस्ने अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही रहेका छन्।

पुलबाट रमाइलो मान्दै फोटो सुट गर्दै पौडी खेल्न नदीमा हाम फालेका उनी बेपत्ता भएका हुन्।

बेपत्ता शाहीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?