दार्चुला । बझाङमा प्रहरी सहायक हवल्दारमाथि आक्रमण भएको छ । जिल्लाको दुर्गाथली गाउँपालिका वडा नम्बर २ का विनोद रावल र जयपृथ्वी नगरपालिका ७ का दिनेश महराले प्रहरी सहायक हवल्दार योगेन्द्र खड्कालाई आक्रमण गरेका हुन्।

उनीहरुले शनिबार मध्यराति केदारस्युँ गाउँपालिका ९ झोताको एक पसलमा मदिरा सेवनगरी होहल्ला र झगडा गरिरहेका थिए । होहल्ला र झगडा गरिरहेको गुसानो आएपछि घटनास्थल पुगेका प्रहरीलाई विनोदले सहायक हवल्दार खड्काको टाउकोमा ढुङ्गाले प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक चौधरीले जानकारी दिनुभयो । घाइते प्रहरी हवल्दारको झोतामा सामान्य उपचारपछि जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।

आक्रमण गर्ने दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

दार्चुलाको ऐरिछानामा भेटियो नयाँ ज्वोर्तिलिंग (भिडियोसहित)

२०८१ जेष्ठ २, बुधबार १२:५७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?