
दार्चुला । बैतडीमा जबरजस्ती करणी र सार्वजनिक कसुर बिरुद्धको मुद्दामा फरार रहेका तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ३ दिन कैद सजाय ठहर भई फरार रहेका बैतडीको सिगास गाउँपालिका वडा नम्बर ३ बस्ने अमर सिह धामी, मनोज सिह धामी र सोही मुद्दामा ५ दिन कैद सजाय ठहर भई फरार रहेका राजेन्द्र सिह धामीलाई सोमवार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
उनिहरुलाई जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले फेला पारी पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि तीनै जनालाई अदालत समक्ष पेश गरिसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो।
विगत १० बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।