बैतडीमा जबरजस्ती करणी मुद्दामा फरार रहेका तीन जना पक्राउ

दार्चुला । बैतडीमा जबरजस्ती करणी र सार्वजनिक कसुर बिरुद्धको मुद्दामा फरार रहेका तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ३ दिन कैद सजाय ठहर भई फरार रहेका बैतडीको सिगास गाउँपालिका वडा नम्बर ३ बस्ने अमर सिह धामी, मनोज सिह धामी र सोही मुद्दामा ५ दिन कैद सजाय ठहर भई फरार रहेका राजेन्द्र सिह धामीलाई सोमवार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

उनिहरुलाई जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले फेला पारी पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि तीनै जनालाई अदालत समक्ष पेश गरिसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?