
दार्चुला । कैलालीको चिसापानीस्थित कर्णालीको पुलबाट हाम फालेर बेपत्ता भएका एक जना युवक अझै भेटिएका छैनन्।
लम्कीचुहा नगरपालिका९३ चिसापानीका करिब ३० वर्षका लोकेन्द्र शाहीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दले जानकारी दिनुभयो। उनका अनुसार शाहीको खोजीमा गोताखोर परिचालन गर्ने तयारी भइरहेको छ।
सोमबार दिउँसो होली खेल्ने क्रममा १७ युवाले पुलबाट हाम फालेका थिए। १६ जना नदीबाट निस्के पनि शाही बेपत्ता भएका थिए।
विगत १० बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।