धनगढीका मेयर गोपाल हमालकी छोरी आरती भारतको गोवाबाट बेपत्ता

दार्चुला । धनगढी उप–महानगरपालिकाका मेयर गोपाल हमालकी छोरी भारतको गोवाबाट बेपत्ता भएकी छन्।

हमालकी जेठी छोरी आरती भारतको गोवास्थित जोरबा वाईब आस्बिन ब्रीजबाट हिजोदेखि सम्पर्कविहीन भएकी हुन्। ओशो साधकसमेत रहेकी आरती ओशो ध्यान गर्न केही समयदेखि भारतको गोवामा बस्दै आएकी थिइन्।

मेयर हमालले आफ्नी जेठी छोरी सम्पर्कविहीन भएको खबर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।

जेठी छोरीको खोजी गर्न हमालकी कान्छी छोरी र ज्वाई गोवा पुगेका बताउँदै उहाँले छोरीका बारे कुनै जानकारी भए ००९१– ९७९४०९६०१४, ८२७३५३८१३२, ९३८९६०७९५३ मा खबर गराइदिन अनुरोधसमेत गरेका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?