भोलिदेखि सुरु हुने एसईईको सबै तयारी पूरा, पाँच लाखभन्दा बढी परीक्षार्थी सहभागि हुँदै

दार्चुला । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलि बिहीबारदेखि सुरु हुँदैछ । यसका लागि सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

१५ चैतबाट सुरु हुने परीक्षाका लागि प्रश्नपत्र, उत्तरपुस्तिकासहितका परीक्षासँग सम्बन्धित सामग्रीहरू सम्बन्धित परीक्षा केन्द्रमा पुर्‍याउने काम सकिएको छ । परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माकाअनुसार, ती सम्पूर्ण सामग्रीको सुरक्षा नजिकै रहेको सुरक्षा निकायले दिएको छ ।

शर्माले एसईईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण समेत गरिएको बताउनुभयो ।

बोर्डले चैत १५ गतेदेखि सुरु हुने परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसईई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार कूल परीक्षार्थीमध्ये पाँच सय छ विद्यालयका १५ हजार सात सय ४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन् ।

 

देशभर २ हजार ६४ परीक्षा केन्द्र तोकिएको छ । यो वर्षको एसईईमा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका ५ लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी हुँदैछन् ।

कुल परीक्षार्थीमध्ये ५०६ विद्यालयका १५ हजार ७४९ जना परीक्षार्थी प्राविधिकतर्फका छन् ।

एसईईमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक सहयोगी कर्मचारी, सुरक्षाकर्मीसमेत गरी ७७ हजार ५०५ जनशक्ति प्रत्यक्ष रूपमा परीक्षा केन्द्रमा खटिने जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?