दार्चुला । बैतडीमा एक बालिका मृत फेला परेकी छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका –१ सुन्तला टोल घर भएकी १३ बर्षीया अस्मिता सार्की मृत फेला परेकी हुन् ।
बुधबार बिहान विद्यालय गएकी सार्की घर फर्कने बेला नजिकैको खोलामा चिउरीको रुखमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
डुग्रीखान माविमा कक्षा ६ मा अध्ययनरत अस्मिताले किन झुण्डिएर आत्महत्या गरिन् भन्ने बिषय खुलेको छैन् ।
घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया