पाँच दिनदेखि बेपत्ता भएका बैतडीका दुई बालक भेटिए

दार्चुला । बैतडीमा पाँच दिनदेखि बेपत्ता भएका दुई बालक फेला परेका छन्। सिगास गाउँपालिका–४ का अन्दाजी १३ वर्षीय हरिश धामी र ९ वर्षीय गणेश धामी शनिबार बिहान आफन्तको घरमा पुगेका हुन्।

उनीहरु सिगास गाउँपालिका- १ मा रहेका आफन्त खडकसिंह धामीको घरमा शनिबार आफैं फर्किएर आएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चैत्र १२ गते घरबाट विद्यालय जान्छु भनी हिडेका उनीहरु मंगलबार साँझ जिल्लाको पाटन नगरपालिका–८ स्थित ज्याफूको एक पसलमा बसेका थिए। त्यहाबाट पनि भोलिपल्ट बिहानै भागेका दाजुभाइ आज आफैं फर्किएर आएको बताइएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?