
दार्चुला । कैलालीमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। धनगढी उपमहानगरपालिकाको वडा नम्बर ७ मा २१ वर्षीया महेश्वरी गिरी आज शनिबार झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्।
बझाङ स्थायी घर भएकी गिरी भान्सामा झुन्डिएको अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले बताउनुभयो ।
धनगढीकै ऐश्वर्य बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत गिरी ठुलबुवाको घरमा धनगढीमा बस्दै आएकी थिइन्। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

विगत १० बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।