
दार्चुला । बैतडीमा वर्षासँगै आएको हावाहुरीले एक विद्यालयको छाना उडाएको छ।
शनिवार दिउँसो जिल्लाको मेलौली नगरपालिका–२ सलेनामा रहेको धर्मघर माविमा रहेको श्रोत केन्द्र भवनको छानो उडाएको हो। हावाहुरीले दुई कोठे श्रोत केन्द्रको छानो उडाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
भवनमा पुगेको क्षतिको बारेमा पुर्ण विवरण भने आइनसकेको प्रहरीले जनाएको छ।

विगत १० बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।