दार्चुला । भारतको उत्तराखण्डमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। उत्तराखण्डस्थित नैनीतालमा यात्रुबाहक जिप बेतालघाट क्षेत्रमा दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको हो । भने ३ जना घाइते भएका छन्। घाइते तीनै जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिप सडकबाट करिब ३ सय मिटर तल खसेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
प्रहरीका अनुसार जिपमा ११ जना सवार थिए।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया