दार्चुला । भारतको उत्तराखण्डमा गाडी दुर्घटना हुँदा ७ जना नेपालीसहित ८ जनाको मृत्यु भएको छ। उत्तराखण्ड राज्यको नैनीताल जिल्लास्थित बेतालघाट नजिक म‌ंगलबार बिहान भएको दुर्घटनामा सात नेपालीसहित ८ जनाको मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

ज्यान गुमाउने नेपालीमा ५० वर्षीय शिवराम चौधरी, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी, ६० वर्षीय गोपाल र ४५ वर्षीय धिरज रहेका छन्। उनीहरु सबै कञ्चनपुरको महेन्द्रनगरका हुन् ।

दुई नेपाली नागरिक शान्ति चौधरी र छोटू चौधरी घाइते भएका छन् । गाडीमा नौ जना नेपाली सवार थिए ।

उनीहरु घर फर्किदैँ गर्दा दुर्घटना भएको हो । मृत्यु हुनेमा चालक राजेन्द्र कुमार बेतालघाटका हुन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?