दार्चुला । बैतडीको पुर्चौडीमा एक महिला मृत फेला परेकी छिन् । जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर ४ भटना ओखडानीकी अन्दाजी २० वर्षिया रेखा भट्ट बुधवार मृत अवस्थामा फेला परेकी हुन् ।
पारिवारिक स्रोतका अनुसार यहि चैत्र २६ गते दिउँसो खाना खाएर घरबाट निस्केकी रेखा तीन दिन देखि सम्पर्क विहिन थिइन् । उनी बुधवार वडाकै रानीवनमा मृत फेला परेकी वडा नम्बर ४ का वडा अध्यक्ष दिल बहादुर धानुकले जानकारी दिनुभयो । उनको गत वर्ष मात्रै बिहे भएको थियो ।
उनका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा भारतको बेंगलोरमा रहेका बताइएको छ । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया