शिक्षक सेवा आयोगबाट प्राविमा स्थायी नियुक्त भइ दार्चुला आएका  १०२ शिक्षक हाजिर

दार्चुला । शिक्षक सेवा आयोगबाट प्राथमिक तहमा नियुक्त भइ दार्चुला आएका १०२ जना शिक्षकहरु सम्बन्धित पालिकामा हाजिर भएका छन् । शिक्षक सेवा आयोगको तोकिएको दरवन्दी अनुसार जिल्लाका विभिन्न विद्यालयहरुमा खटिने गरि आएका १०२ जना शिक्षकहरु तोकिएका सम्बन्धित विद्यालयहरुमा हाजिर भएको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका प्रमुख जयराज पन्तले जानकारी दिनुभयो ।

दार्चुलाका ९ वटै स्थानीय तहका विभिन्न विद्यालयहरुमा खटिएका शिक्षकहरुलाइ शैक्षिक क्षेत्रमा महत्वर्पुण योगदानको अपेक्षा सहित शुभकामना व्यक्त गर्दै स्वागत गरिएको बताइएको छ । शिक्षक सेवा आयोगले गत बर्ष गरेको बिज्ञापनमा दार्चुलाको लागि प्राथमिक तहमा १०२ जना शिक्षकहरु माग गरिएको थियो ।

यसैबिच आयोगबाट प्राथमिक तहमा नियुक्त भइ आएका ९ जना शिक्षकहरुलाई विभिन्न स्थानीय तहमा स्वागत गर्दै नियुक्ती प्रदान गरिएको छ । मंगलबार लेकम गाउँपालिकामा शिक्षकहरुलाई स्वागत गरिएकोमा आज मालिकार्जुन, दुहुँ, अपिहिमाल लगायत विभिन्न स्थानीय तहमा स्वागत गरिएको छ ।

दार्चुलाको महाकाली नगरपालिकामा ८, शैल्यशिखर नगरपालिकामा १७, मालिकार्जुन गाउँपालिकामा १०, नौगाड गाउँपालिकामा ८, मार्मा गाउँपालिकामा १०, अपिहिमाल गाउँपालिकामा ११, व्याँस गाउँपालिकामा ९, दुहुँ गाउँपालिकामा १३ र लेकम गाउँपालिकामा १६ जनाको दरबन्दी रिक्त रहेकोमा पदपुर्ती गरिएको हो ।

सायद टिकट स्टब  र पाठ को फोटो हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?